राष्ट्रिय सभाद्वारा हिउँदे अधिवेशनकाे दुईमहिने कार्यतालिका स्वीकृत

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनका लागि माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरेको छ। 

शुक्रबार बसेको बैठकले आगामी हिउँदे अधिवेशनका लागि  माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत गरेको हाे। बैठकले संसद्को अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनबारे संसद्लाई पूर्वजानकारी गराउनुपर्ने निर्णय गरेकाे छ। 

साथै, बैठकले संसद्को आउने अधिवेशनमा सरकारले कतिवटा, के–कस्ता विधेयक दर्ता गराउने हो सो विषयको जानकारी पनि संसद् अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसद्लाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

सुझावित समाचार