भारतले गुमायो तेस्रो विकेट, आकाश चन्दले दिलाए सफलता

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालसँग भिडिरहेको भारतलाई तेस्रो झड्का लागेको छ । 

भारतले लगातारका दुई बलमा दुई विकेट गुमाएपछि भारत दबाबमा देखिएको छ । दीपक डुम्रेले उत्कृष्ट फिल्डिङ गर्दै प्रियन्सु मोलियालाई रनआउट गराएलगत्तै आकाश चन्दले अर्का ब्याटर अर्शिन कुलकर्नीलाई उत्तम मगरको हातबाट विकेटको पछाडि क्याच गराए । 

१४औँ ओभरको अन्तिम बलमा अर्शिन आउट भएका हुन् । त्यसअघि पाँचौँ बलमा दीपक डुम्रेले उत्कृष्ट ढंगले दोस्रो विकेटका रूपमा प्रियन्सुलाई रनआउट गराएका थिए । 

त्यसअघि भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाएको थियो । गुल्सन झाले आफ्नो तेस्रो ओभरमा भारतका ओपनर आदर्श सिंहलाई व्यक्तिगत २१ रनमा आउट गरेका थिए । 
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङ ओभलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गरिरहेको हो । 

सुझावित समाचार