२१ अंकले खुम्चियो नेप्से, पाँच अर्ब २९ करोडको कारोबार

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

सेयर बजार परिसूचक नेप्से आज २१.६७ अंकले घटेर दुई हजार ९७.९३ अंकमा झरेको छ। हप्ताको तीन दिन लगातार बढेको सेयर बजार आज चौथो दिन उच्च अंकले घटेको हो।

आज उत्पादनबाहेक सबै समूहको सेयर घटेको छ। यस दिन एक करोड ४७ लाख कित्ता सेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ। 

सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको सेयर झन्डै १० प्रतिशतले बढेको छ।

सुझावित समाचार