गोरखापत्रका उपसम्पादक शेषकान्त पण्डितको निधन

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षकाे उमेरमा आज बिहान निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः०० बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन् । उनको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका– १२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् । 

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तकलेखनमा पनि संलग्न थिए । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

सुझावित समाचार