माइतीघरमा जारी निषेधाज्ञाकाे विराेध गर्दै फाेटाे प्रदर्शनी

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

नागरिकलाई विनाहातहतियार शान्तिपूर्वक भेला हुन पाउने संवैधानिक अधिकार प्रत्याभूतिकाे माग गर्दै माइतीघर मण्डलामा जारी निषेधाज्ञाकाे विराेध भइरहेकाे छ। 

निषेधाज्ञाकाे विराेध गर्दै आएकाे नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समितिले खारेजीको माग गर्दै आज पनि प्रदर्शन गरेकाे छ। समितिले आज माइतीघर मण्डलाकाे महत्व बुझाउन फाेटाे प्रदर्शनी गरेकाे छ। 

विरोध प्रदर्शनको अभ्यास गरिँदै आएको माइतीघर मण्डलामा प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिने अभ्यासले विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन भएको समितिले जनाएकाे छ। 

तस्बिरहरू :

सुझावित समाचार