सहिद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सहिद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणाशासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गरेका चार सहिदप्रति नमन व्यक्त गरे । 

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । आज देशभर विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।
 

सुझावित समाचार