एसआइयुके एजुकेसन फेयर २०२४ आयोजना हुँदै

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

एसआइयुके एजुकेसन फेयर २०२४ आयोजना हुने भएको छ। बेलायतमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा दिने उद्देश्यले ‘एसआइयुके एजुकेसन फेयर २०२४ आयोजना गर्न लागिएको संस्थाले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै संस्थाले बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूसँग विद्यार्थीहरूको साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकाे एसआइयुके कन्सल्टेन्टका डाइरेक्टर विनय अधिकारीले जानकारी दिए।

‘यो हाम्रो बिजनेसको लागि होइन, विद्यार्थीको आत्मविश्वास बढाउन र जान लागेको मुलुक, कानुनलगायतको बारेमा जान्न सकून्, द्विविधा नहोस्,’ अधिकारीले भने।

कार्यक्रम आगामी माघ २० मा काठमाडौं, २२ गते पोखरामा, २४ गते बुटवलमा र २६ गते चितवनमा एसआइयुकेकै कार्यालयमा आयोजना हुनेछ।

सुझावित समाचार