नेसनल लाइफको एमडिआरटी सम्मान तथा तालिम सम्पन्न

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले एमडिआरटी सम्मान तथा तालिम सम्पन्न गरेको छ। इन्स्योरेन्स कम्पनीले भैरहवास्थित होटेल टाइगर प्यालेसमा एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको हो।  

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्वलन गरी सुरु गरिएको कार्यक्रममा विजेता अभिकर्तालाई खादा माला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो। 

तोकिएको बिमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका चारजना सिओटी र ८३ जना एमडिआरटी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ। 

कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराएको थियो।समारोहमा चर्चित कलाकार मनोज गजुरेलले   मनोरञ्जनात्मक एवं व्यक्तित्व विकास सम्बन्धमा प्रस्तुति दिएका थिए। 
 

सुझावित समाचार