गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु

आइतबार, १४ माघ, २०८०
डिजिटल संस्करण

गुल्मी अस्पतालमा शनिबारबाट हेमोडायलाइसिस सेवाको औपचारिक शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले हेमोडायलाइसिस सेवाको शुभारम्भ गरेका हुन् ।  

संघीय सरकारको सहयोगमा रेसुंगा नगरपालिकाले पाँचवटा मेसिन खरिद मिर्गौलापीडितका लागि डायलाइसिस सेवा विस्तार गरिएको हो । हेमोडायलाइसिस सेवा विस्तार भएसँगै मिर्गाैलापीडितलाई प्रत्यक्ष लाभ भएको छ ।

स्वास्थ्यमन्त्री खनालले आर्थिक संकटका बीच पनि स्वास्थ्य सेवा थप स्तरीय र भरपर्दो बनाउनुपर्ने चुनौती रहेको बताए । उनले प्राविधिक जनशक्ति अभाव र पहाड आउन गाह्रो मान्ने मानसिकताका बीच अस्पतामा थुप्रै विशेषज्ञ डाक्टर पदपूर्ति गर्न नसकिएको बताए ।

डायलाइसिस सेवा विस्तारसँगै १६ जना बिरामी अस्पतालको सम्पर्कमा आएको गुल्मी अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए । जिल्लामा हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्दा १० जनाले सेवा लिन सक्ने अवस्था छ 

सुझावित समाचार