प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानले शिष्टाचार भेट गरेकी छिन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।
.gif'_'.2024-01-27.gif)
चिनियाँ कम्युनिस्ट पार्टीको चारसदस्यीय प्रतिनिधिमण्डल शुक्रबार नेपाल भ्रमणमा आइपुगेको हाे। पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको हो।
माओवादीको औपचारिक निमन्त्रणामा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न टोली आएको हो। नयाँ वर्ष २०२४ सुरुवात भएपछि नेपाल आउने यो नै उच्चस्तरीय चिनियाँ टोली हो। प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योया (सरला)लगायत सहभागी छन्।