गुडिरहेको यात्रुवाहक बस एक्कासि सडकमा धस्सिएको छ। काठमाडौंको तिनकुने-नयाँबानेश्वर-बबरमहल-रत्नपार्क चल्ने बा.३ ख ३७६२ नम्बरको यात्रुवाहक बस नयाँ बानेश्वर सडकखण्डमा भासिएकाे हो।
शुक्रबार बिहान गुडिरहेको बसमुनि नयाँ बानेश्वरचोकमा सर्भिसलेनमै बस भासिएको हो। यसबाट मानवीय क्षति भने नभएको प्रत्यक्षदर्शीले बताए। सर्भिसलेनमै बस भासिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।
खानेपानीको पाइप, ढल व्यवस्थापन गर्न खनिएको सडक राम्रोसँग मर्मत नगर्दा यस्ता समस्या बारम्बार आउने गरेका छन्।
तस्बिरहरू :
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)
.jpg'_'.2024-01-26.jpg)