‘तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन’

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले बिस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका  अनुसार काठमाडौंमा आज न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । यसअघि गत सोमबार ३.२ डिग्री मापन गरिएकामा ०.२ डिग्री झरेपछि आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए ।  आज अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको छ । 

 आज सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए ।  यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

See More On

सुझावित समाचार