पुवाखोलाको सेयर लक्ष्मी सनराइज क्यापिटलले निष्कासन गर्ने

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६ सय ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा हाइड्रोपावरका प्रबन्ध निर्देशक कदम केसी तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । 

पुवाखोला–वान हाइड्रोपावरले इलाममा चार मेगावाट क्षमताको जलविद्युत् आयोजना सञ्चालन गरिरहेको जनाइएको छ । 

सुझावित समाचार