गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सुनील पौडेल र विकल पौडेल पक्राउ

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ। 

गैरकानुनी सम्पत्ति आर्जनमा परेको उजुरीका आधारमा अनुसन्धानका लागि दुवैजनालाई हिरासतमा लिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार बुधबार उनीहरूको निवासबाटै पक्राउ गरी हिरासतमा राखेकाे छ। दुवैजनामाथि गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अनुसन्धान भइरहेको छ।

सुझावित समाचार