पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

बुधबार, १० माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकपमा नेपालले पाकिस्तानसँग टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। उता पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो।

न्युजिल्यान्डले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ। उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराए मात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ।

सुझावित समाचार