काठमाडौं महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी धर्मपथ, जुद्धसालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, पाकोलगायतका क्षेत्रमा सञ्चालित पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधबार पनि विरोध प्रदर्शन गरेका छन्।
.jpg'_'.2024-01-24.jpg)
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउन गरिएको निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको उनीहरूले दाबी गरेका छन्।
.jpg'_'.2024-01-24.jpg)
‘काठमाडौं महानगरपालिकाको गुरुयोजना तथा गौरवको योजनाअनुरूप ‘रोजगारी र आय वृद्धि, काठमाडौं समृद्धि’ भनिरहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायीहरू पलायन हुन बाध्य हुनेछन् भने लाखौँ व्यापारिक वर्ग तथा सोही स्थानमा कार्यरत व्यक्तिहरू बेरोजगार हुनेछन्,’ आन्दोलनरत व्यापारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘देशकै प्रमुख व्यावसायिक केन्द्र नयाँ सडक (न्युरोड)को व्यापार–व्यवसाय धराशायी हुँदा स्वयं काठमाडौं महानगरपालिकाको राजूव संकलनमा पनि कमी हुनुका साथै सरकारको अधिकतम राजस्व संकलन हुने यस क्षेत्रबाट राजस्व संकलनमा पनि कमी आउनेछ ।’
.jpg'_'.2024-01-24.jpg)
आज पनि उनीहरूले सम्पूर्ण व्यावसायिक प्रतिष्ठान बन्द गरी न्युरोड जुद्धसालिकमा भेला भई विरोध सभा आयोजना गरेका छन्।
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)
.jpg'_'.2024-01-24.jpg)