ज्ञान मन्दिरले सातौँ ओप्स खेलकुद महोत्सवअन्तर्गत पुरुष फुटबलको उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा ज्ञान मन्दिरले सेबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्यो ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । टाइब्रेकरमा ज्ञान मन्दिरका विकास गुरुङ, सुशान्त थापा मगर, विवेक राई र यारिस मख्याम मगरले गोल गरे । सुशान्त प्याकुरेलले ज्ञान मन्दिरका लागि गोल गर्न सकेनन् । सेबका मनीष गुरुङ, अर्जुन राना मगर र दिप्सन मल्लले गोल गरे । विप्लव गुरुङ र सुमित चौधरीले गोल गर्न सकेनन् ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स)द्वारा आयोजित प्रतियोगितामा ज्ञान मन्दिरका सुशान्त थापा मगर उत्कृष्ट खेलाडी घोषित भए । स्ट्राइकरमा सेबका सुमित बज्राचार्य, मिडफिल्डमा कौशलका करणराम भुल, डिफेन्समा ज्ञान मन्दिरका विवेक राई, गोलरक्षकमा ज्ञान मन्दिरका आयुब मोक्तान र प्रशिक्षकमा ज्ञान मन्दिरका आशिष थापा उत्कृष्ट चुनिए ।