सिके राउत नेतृत्वकाे जनमत पार्टीले मधेश प्रदेश सरकारबाट आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ। जनमतले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।
संसदीय दलको बैठकको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जनमतका तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्रीका रूपमा प्रदेश सरकारमा सहभागी थिए।
