चिकित्सकको नक्कली कागजात बनाई उपचार गराउँदै आएका भट्टाचार्य पक्राउ

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

चिकित्सकको नक्कली कागजात बनाई उपचार गराउँदै आएको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– २ घर भई हाल काठमाडौं बाँसबारी बस्ने ४० वर्षीय सम्बुद्ध भट्टाचार्य छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिरसमेत खाएका थिए ।

उनले चीनबाट एमबिबिएस गरेको र त्रिवि शिक्षण अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजातको आडमा चिकित्सक बनेर ६ सयभन्दा बढीको उपचार गरिसकेका थिए । प्रहरीले उनलाई बसुन्धारामा रहेको हिमाल पोलिक्लिनिकबाट पक्राउ गरेको हो । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्रसमेत बरामद भएको छ ।

प्रहरीका अनुसार उनले भारतबाट एमबिबिएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेका थिए ।

सुझावित समाचार