चलचित्र ‘जिग्री’ फागुन ४ मा सार्वजनिक हुने

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

चलचित्र ‘जिग्री’ फागुन ४ मा सार्वजनिक हुने भएको छ । अभिनेता आकाश मगर निर्देशित चलचित्र ‘जिग्री’ सुस्केरा आर्टस्को निर्माण तथा लोकल सिनेमाको साथमा बनेको हो । चलचित्रले  ‘एउटा आलु जस्तो, अर्को तामा’जस्तो ट्यागलाइन राख्दै फागुन ४ गते सार्वजनिक रूपमा  आउने जानकारी गराएको हो।

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको ‘जिग्री’ चलचित्रमा निर्देशक आकाशसँगै अभयराज बराल, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनीष ब्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारीलगायतको अभिनय छ।

निर्देशक आकाशको यसअघि ‘अध्याय’ र ‘कथा ७२’ फिल्ममा मुख्य अभिनय छ। उनले केही वर्ष रंगमञ्चमा अभिनय र निर्देशन पनि गरेका छन्।  
 

सुझावित समाचार