त्रिभुवन विमानस्थलबाट आधा किलो सुनसहित एकजना पक्राउ

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधा किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ।

कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई चार सय ९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो।

कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको चार सय ९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिए।

हिमालय एयरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौं आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा. पाण्डेले बताए।

बरामद भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताए। 

सुझावित समाचार