१५ लाख घुससहित बनेपाका वडाध्यक्ष बादे पक्राउ

बुधबार, ३ माघ, २०८०
डिजिटल संस्करण

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे १५ लाख घुस रकमसहित पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरेको हो। 

बाटो सिफारिसका लागि उनले घुस लिएको आयोगले जनाएको छ। वडाध्यक्षसँगै रहेका बा. ७च १२९ नम्बरको कारका चालक बाह्रबिसे  नगरपालिका– ७ मिलनटार स्थायी ठेगाना भई हाल चाँगुनारायण नगरपालिका– २ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत गाडीसहित अख्तियारले नियन्त्रणमा लिएको छ।

सुझावित समाचार