सचिवालयसहित कार्यालयमा बोझिलो जनशक्ति कटौती गर्दै प्रधानमन्त्री

बुधबार, ३ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयसहित निजी सचिवालयमा जनशक्ति कटौती गरेका छन् । प्रधानमन्त्रीको निर्देशनमा १ माघदेखि सचिवालयमा कार्यरत १३ जनालाई हटाइएको छ ।

यसअघि १२ पुसको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरी विभिन्न श्रेणीका ६८ स्थायी दरबन्दी कटौती गरेको थियो । 

खर्च कटौतीको मर्मअनुसार अहिले ठूलो संख्याका सचिवालयका कर्मचारीलाई हटाइएको कार्यालयले जनाएको छ । बिदाइ गरिएका कर्मचारीमा स्वकीय सहसचिव नारायणप्रसाद ढुंगाना तथा स्वकीय उपसचिवहरू रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल, सावित्रीकुमारी अधिकारी र कुलबहादुर नाथ छन् ।

त्यस्तै, स्वकीय शाखा अधिकृत लाले कुमाल तथा प्रशासन सहायक युवराज शाह र रामलाल पराजुली छन् । कम्प्युटर सहायक वासुदेव शर्मा र खड्क योगी, कार्यालय सहायक अविनाश वाइबा तथा हलुका सवारीचालक रमेशप्रसाद घिमिरे र पवित्रबहादुर शाहीलाई पनि हटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कर्मचारी कटौतीको यो निर्णय गत २४ पुसमै स्वकीय सचिवालयले गरेको थियो । त्यही निर्णयका आधारमा १ माघदेखि कर्मचारीलाई बिदाइ गरिएको हो । 

सुझावित समाचार