हप्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजारमा हरियाली छौको छ। यसदिन सेयर बजार परिसूचक नेप्से ३१. ६२ अंकले बढेर २१२०.६२ विन्दुमा पुगेको छ।
यसदिन होटल तथा पर्यटनबाहेक अरू सबै समूहको सेयर उच्च अंकले उकालो लागेको छ। ११ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
आज एक करोड ६६ लाख पाँच हजार कित्ता सेयरकिनबेच हसँदा पाँच अर्ब ४५ करोडबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीका १२ लाख ७४ हजार कित्ता प्रमोटर सेयर ३५ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ। समग्रमा बजार उकालो लागेपनि आज मेगा म्युचल फन्ड–१ को सेयर साढे नौ प्रतिशतले घटेको छ।