ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई–फाइभ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । ओमोडाको चीन समूहले २८ डिसेम्बरमा अनलाइन लाइभस्ट्रिममार्फत यसबारे जानकारी दिइसकेको छ ।
ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रममा सारडा समूहका विशिष्ट अतिथि र मिडिया उपस्थित थिए ।
ओमोडा ई–फाइभ नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सका साथ लन्च हुनेछ, जुन यसका प्रतिस्पर्धीमध्ये उत्कृष्ट छ । ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर र ३४० न्युटनमिटर टर्कका साथ यसले ५१० किलोमिटर (एनइडिसी) र ४३० किलोमिटर (डब्लुएलटिपी)को दायरा प्रदान गर्छ । ओमोडा ई–फाइभको बाहिरी डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक दर्शनमा आधारित छ ।
उत्साहजनक एक्टेरियर डिजाइनका साथ यो गाडीमा २४/६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्यान्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटसहितको इन्टेरियर डिजाइन गरिएको छ ।
साथै, यसमा १७ एडिएस सुविधा पनि छन् । जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्यागलगायत छन् ।