भारोत्तोलनमा चौधरीलाई स्वर्ण

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

२६औँ भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपको पुरुष ६७ केजीतर्फ राजु चौधरीले स्वर्ण जितेका छन् । यस विधामा नेपाली सेनाका मुक्तिराम घलेले रजत हात पारे । जुनियर ६७ केजी पुरुषतर्फ कास्कीका रोशन चुनवाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत जितेका छन् । युथ पुरुष ६७ केजीतर्फ सप्तरकी अनुराग सिंह पहिलो र कञ्चनपुरका दीपेश घटाल दोस्रो भएका छन् । ७३ केजीतर्फ सिनियर पुरुषमा नेपाल प्रहरीका प्रकाश केसी पहिलो र कञ्चनपुरका अशोकसिंह भण्डारी दोस्रो भए । 

७३ केजी जुनियर पुरुषतर्फ कञ्चनपुरका हेमन्त पाल पहिलो र इलामका पुस्कर राई दोस्रो भए । ७३ केजी युथतर्फ सप्तरीका हेमनारायण यादव स्वर्ण जित्न सफल भएका छन् । यसअघि मंगलबार महिला ४९ केजीतर्m नेपाल प्रहरीकी कृष्णकला विष्टले राष्ट्रिय किर्तिमान बनाएकी थिइन् । उनले स्न्याचतर्फ ५९ र क्लिन एन्ड जर्कतर्फ ७७ किलो उचाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । 

यही विधामा नेपाली सेनाकी सिर्जना तामाङले रजत जितिन् । त्यस्तै, ५५ केजी पुरुष सिनियरतर्फ नेपाल प्रहरीका दिलीप यादवले स्न्याचतर्फ ८२ र क्लिन एन्ड जर्कतर्फ एक सय तीन किलो भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । यही विधामा नेपाली सेनाका दीपकबहादुर भण्डारी दोस्रो भए । 

पुरुष ६१ केजीतर्फ नेपाली सेनाका तुलाराम महतोले स्वर्ण र एपिएफका पारस देसारले रजत जिते । महिला ४५ केजी सिनियरतर्फ नेपाल प्रहरीकी हिरामोती थारू पहिलो र एपिएफकी लीला राई दोस्रो भए । ५५ केजी महिला सिनियरतर्फ नेपाली सेनाकी प्रभा थारू पहिलो र ललितपुरकी सप्रिना श्रेष्ठ दोस्रो भए ।

सुझावित समाचार