लगानीकर्तामा थप उत्साह

बुधबार, २५ पुष, २०८०
डिजिटल संस्करण

सामान्यतया पुस मसान्त सेयर लगानीकर्ताका लागि खर्च जोहो गर्ने समय भएकाले बजार दबाबमा रहने विगतको ट्रेन्ड छ । तर, यसपटक लगानीकर्ताले विनादबाब सेयर बजारमा लगानी बढाइरहेका छन् । 

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, कर्जा प्रवाह नहुँदा आगामी दिनमा ब्याजदर झनै घट्ने अनुमान लगानीकर्ताले गरेका छन् । सोही कारण मंगलबार नेप्से परिसूचक २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा आइपुगेको छ । साताको पहिलो कारोबार दिन बजार घटेको भए पनि सोमबार र मंगलबार नेप्से सूचक हरियाली बनेको हो ।  

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले पुस मसान्तलाई केन्द्रित गरेर लगानीकर्ताले दुई हप्ताअघि नै खर्चको जोहो गरेको हुँदा अन्तिम समयमा पनि विनादबाब बजार बढेको बताए । 

सुझावित समाचार