नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, सातै प्रदेशका प्रमुख फेरिए

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्। कोसीमा चन्द्रकुवेर खापुङ, मधेशमा यज्ञविनोद पोख्रेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूपश्चिममा रवीन्द्र केसी प्रदेश प्रहरी प्रमुखका रूपमा आउनेछन्।

हेर्नुहाेस् सूची ः

सुझावित समाचार