बागमतीमा राप्रपाका उम्मेदवारले गरे मनाेनयन दर्ता

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट राप्रपाका चारजना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

सोमबार प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन्।

राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपांगता/अल्पसंख्यकबाट भरतमणि भट्ट र  दलितमा पूर्णबहादुर विश्वकर्माले मनोनयन दर्ता गरेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन्। जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन्।

सुझावित समाचार