जुम्ला र रोल्पामा सशस्त्र प्रहरीका नयाँ भवनको उद्घाटन

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले पहाडी जिल्लाहरूमा कार्यालय भवनलगायत संरचनाको निर्माणलाई अघि बढाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत साता जुम्ला र रोल्पामा नवनिर्मित भवनको उद्घाटन गरेका छन्। पुस २१ मा नंं. ३३ त्रिपुरा गण जुम्लाको परिसरमा नवनिर्मित कार्यालय भवनको  उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा महानिरीक्षक अर्यालले अस्थायी संरचनामा रही देश र जनताका सेवा र सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा महानुभावहरूप्रति धन्यवाद प्रकट गरे । 

कार्यक्रममा जुम्ला जिल्लास्थित जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली, जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीपकुमार पाललगायत नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

महानिरीक्षक अर्यालले पुस १९ गते आश्रित गुल्म रोल्पाको परिसरमा नवनिर्मित कार्यालय भवनसमेत उद्घाटनका साथै नं. २९ ज्वालामाई गण भालुवाङ दाङलगायतको निरीक्षणसमेत गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।
 

सुझावित समाचार