पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ। संघीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलब पाँच डिग्री सेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस थियो। काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ। ‘तापक्रम हल्का घटिरहेको छ। यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जान सक्छ,’ मौसमविद् अधिकारीले भने।
आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्री सेल्सियस हुने पूर्वानुमान गरिएको छ। आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए।
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्री सेल्सियस रहेको छ। शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस थियो। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन महाशाखाको अनुरोध
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…