लेखापढी व्यवसायीका सहयोगीबाट मालपोतका कर्मचारी कुटिए

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुको मोठ फाँटमा कार्यरत एक कर्मचारीमाथि कुटपिट भएको छ। 

करार सेवामा कार्यरत कार्यालय सहयोगी नीरज कँडेलमाथि बुद्धभूमि नगरपालिका– ६ महुवाका सर्वजित मिश्राले कुटपिट गरेका हुन्। मिश्रा एक लेखापढी व्यवसायीका सहयोगी हुन्।

कँडेललाई कुटपिट गरी कार्यालयबाट बाहिरिएर मिश्रा सम्पर्कविहीन बनेका छन्। कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट लागेको छ।

दुवैबीचको आपसी लेनदेनको विषयमा असमझदारीका कारण घटना भएको हुन सक्ने आकलन गरिएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको टोली कार्यालयमा पुगेको छ।

यता, कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिउपर कडाभन्दा कडा कारबाहीका लागि प्रक्रिया अघि बढाउने कार्यालय प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारीले बताएका छन्।

सुझावित समाचार