नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ।
बैठकमा परराष्ट्रमन्त्री एपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ–आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ। भारतीय विदेशमन्त्री डा. जयशंकर दुईदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन्।