क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण
क्यानले सार्वजनिक गर्‍यो वार्षिक क्यालेन्डर

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई वर्षभरि व्यस्त बनाउन आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको तालिका सार्वजनिक गरेको हो।

नेपालको पुरुष तथा महिला टोली, ए टिम तथा उमेर समूहका खेलाडीले विभिन्न प्रतियोगिता खेल्नेछन्। नेपालले विश्वकप क्रिकेट लिगदेखि क्यानडासँग खेल्ने तालिका छ।

नेपाल, युएई र ओमानबीच एसिसी मेन्स प्रिमियर कप हुनेछ। आयरल्यान्डको ए टिम र नेपालको ए टिमबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी अमेरिका र स्कटल्यान्डसँग खेल हुने तालिका छ।

कार्यक्रममा क्यानका सचिव पारस खड्कासँगै उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का क्रिकेट म्यानेजर विनोद दासको उपस्थिति थियो।

सुझावित समाचार