राष्ट्रिय सभा निर्वाचनका लागि कञ्चनपुरबाट कांग्रेस र माओवादीले छाने उम्मेदवार

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरबाट कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका छन्। सत्ताधारी नेकपा माओवादी केन्द्र र कांग्रेसले जिल्लाबाट उम्मेदवार सिफारिस गरेको जनाएका छन्।

माओवादीबाट पाँचजना र कांग्रेसबाट आठजना नेता सिफारिस भएका हुन्। नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले माओवादीबाट देवीलाल चौधरी, गोविन्द तिमिल्सिना, सुरु चौधरी र जितबहादुर करुवाकंगरुवालाई सिफारिस गरिएको बताए।

कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले कांग्रेसबाट तीन महिनासहित आठजना नेतालाई सिफारिस गरिएको छ। उपसभापति सिंहका अनुसार बलदेव बोहाेरा, यज्ञराज जोशी, प्रेम विष्ट, कल्पना केसी, माया भट्ट, शान्ता शर्मा, ठाकुरप्रसाद बराललाई सिफारिस गरिएको छ। अन्य राजनीतिक दलहरूले भने उम्मेदवार छनाेट भइरहेको जनाएका छन्। 

सुझावित समाचार