सानिमा मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत मजदुरको भिरबाट खसेर मृत्यु

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

सानिमा मध्यतमोर जलविद्युत् आयोजनाको हाइड्रोमा कार्यरत एक मजदुरको भिरबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बारा जिल्लाको कोल्वी नगरपालिका- ५ का २५ वर्षीय दीपु चौधरी रहेकाे प्रहरीले जनाएकाे छ। उनी माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्यतमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।

भिरबाट खसेर टाउकोमा चोट लागेका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख  प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए। 

दुई दिनअघि मात्रै बिजुलीको तारबार व्यवस्थापनको क्रममा तमोर नदी डोरी वारपार गर्ने क्रममा चिल्पिएर खस्दा भारत पश्चिम बंगालका एक युवकको ज्यान गएको थियो।
 

सुझावित समाचार