सुन्दर हेयर स्टाइल...

सोमबार, १६ पुष, २०८०
डिजिटल संस्करण
  • लाम्चो अनुहार भएका युवातीलाई छोटो कपालमै सुन्दर देखिन्छ । लामो कपालले अनुहारलाई झनै लाम्चो देखाउँछ । 
  •  गोलो अनुहार भएको युवतीले चिउँडो वा घाँटीसम्म आउने गरी ब्लन्ड वा थाइकट गर्नु राम्रो हुन्छ । तर, यस्तो हेयर स्टाइल दिँदा बीचमा सिउँदो निकाल्नुपर्छ । यो स्टाइलले गोलो अनुहारलाई केही लाम्चो देखाइदिन्छ । गोलो अनुहार भएका युवतीले सेज्जी वा फेडर कट भने राख्नुहुँदैन । 
  •  बाटुले अनुहार भएका युवतीलाई कर्ली हेयर स्टाइल सबैभन्दा उत्तम हुन्छ । तर, कपाल छोटो बनाएर कर्ली स्टाइल दिनुपर्छ । निधार कपालले छोपेको हुनुपर्छ । आइलाइनभन्दा तल भने झार्नुहुँदैन । लुज पर्म पनि गरिदियो भने राम्रो देखिन्छ । 
  •  चुच्चो नाक भएका युवतीले टाउको पछाडि हल्का च्यापेर कुमसम्म कपाल झर्दा उत्कृष्ट लुक्स देखाउँछ । निधारतर्फको भागमा हल्का छोटो पार्नुपर्छ । 

सुझावित समाचार