लक्ष्मी सस्टेनेबल इनर्जी फन्डले युनिटेक हाइड्रोपावरमा लगानी गर्ने

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल कोष प्रवद्र्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फन्ड (एलएसइएफ)ले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ ।

क्यापिटलले दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चाल्नुका साथै आफैँले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डको पहिलो लगानीको शुभारम्भसमेत गरेको हो । 

युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले माथिल्लो फावाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा पुगिसकेको जनाइएको छ । ताप्लेजुङ जिल्लामा रहेको आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट छ । साथै, कम्पनीसँग थप १५ मेगावाटको मध्य इवाङ खोला जलविद्युत् आयोजनाको इजाजतपत्रसमेत रहेको क्यापिटलले जनाएको छ ।

सुझावित समाचार