जाडोमा रोपौँ पतझर फलफूल

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

जाडोको मौसम पतझर बिरुवाहरू रोप्नका लागि राम्रो मौसम हो । यस समयमा बिरुवाले आफूलाई चाहिने इनर्जी थोरै लिइरहेका हुन्छन् र साइलेन्ट फेजमा बस्छन् । जाडोमा यी बिरुवामा कम कीटाणु लाग्छ र राम्रोसँग हुर्कन पाउँछन् । यस्ता बिरुवालाई तपाईंले बगैँचामा वा कलमी गरेर गमलामा पनि हुर्काउन सक्नुहुन्छ । 

स्याउ : स्याउको बिरुवा बगैँचामा रोप्दा ४०–४५ वर्ष र कलमी गरिएका बिरुवा २५ वर्षसम्म बाँच्न सक्छन् । स्याउलाई मयलसँग कलमी गरेर एकै वृक्षमा उमार्न सकिन्छ । कलमी गरिएको स्याउले डेढदेखि दुई वर्षमा दिन फल थाल्छ । बियाँबाट रोपिएको स्याउले झन्डै पाँच वर्षपछि मात्रै उत्पादन दिन्छ । 

ओखर : कलमी गरिएको ओखरको बिरुवाले डेढ–दुई वर्षमै फल दिन थाल्छ । बियाँबाट रोपिएको ओखरले पाँचदेखि ६ वर्षमा फल दिन्छ । 

हलुवाबेद : कलमी गरिएको हुलवाबेदले एकदेखि डेढ वर्षमै उत्पादन दिन थाल्छ । त्यस्तै, बियाँबाट रोपिएको हलुवाबेदले उत्पादन दिन पाँचदेखि ६ वर्ष लाग्छ । तर, कलमी गरिएको बिरुवाको दाँजोमा बियाँबाट रोपिएको बिरुवा धेरै बाँच्छ । 

आरू : कलमी गरिएको आरू ३०–३५ वर्षसम्म बाँच्छ । यसले डेढ वर्षमै फल दिन थाल्छ । बियाँबाट रोपिएको आरूले ५–६ वर्षमा फल दिन्छ । तर, यो कलमी गरिएको आरूको दाँजोमा धेरै बाँँच्छ । 

अम्बा : अम्बालाई पनि कलमी गरेर रोप्न सकिन्छ । यसले रोपिएको एक–डेढ वर्षमै उत्पादन दिन थाल्छ । 

See More On

सुझावित समाचार