७ सय प्रतिशतले बढ्यो अल्टिमा लाइफस्टाइलको कारोबार

शुक्रबार, १३ पुष, २०८०
डिजिटल संस्करण

नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७ सय प्रतिशतले कारोबार वृद्धि गरेको छ । यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादन सार्वजनिक गरेलगत्तै अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाउँदै गएको हो । 

आफ्नो कारोबार बढाउँदै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको जनाइएको छ । प्रमुख छनोट मापदण्डमा जोड दिँदै यो अवार्डले दराज मार्केट प्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानलाई मान्यता दिएको कम्पनीको दाबी छ । आफ्नो उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरका कारण धेरै प्रतिस्पर्धीबीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीले जनाएको छ । 

अल्टिमाले सन् २०२२ फेब्रुअरीदेखि दराजयात्रा सुरु गरेको जनाइएको छ । कम्पनीले यही वर्ष आफ्नो अफिसियल वेबसाइट पनि सुरु गरेको थियो । छोटो अवधिमा अल्टिमाले सबै विधामा जम्मा १९ हजारभन्दा बढी विक्रेतामध्ये उत्कृष्ट रही यो उपाधि जितेको उल्लेख छ । साथै, नोभेम्बरमा दराजमा सबैभन्दा धेरै बिक्री गरेको रेकर्ड पनि राख्न सफल भएको कम्पनीको भनाइ छ । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै ५ सय प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरेको उल्लेख छ । आउँदा दिनमा अझै केही नयाँ क्याटेगरीहरू आरम्भ हुने कम्पनीले जनाएको छ । हाल टिडब्लुएस, स्मार्ट वाच, पावर ब्यांक र स्पिकर बजारमा उपलब्ध गराउँदै आएको छ । 

सुझावित समाचार