राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा–अर्जना गरेका छन्।
.jpg'_'.2023-12-27.jpg)
बुधबारदेखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका पौडेलले मन्दिरमा विधिपूर्वक पूजा–अर्जना गरेका हुन्।
.jpg'_'.2023-12-27.jpg)
बिहान करिब १०ः४५ को समयमा पौडेलले मन्दिरमा पूजा–अर्जना गरेको कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।
.jpg'_'.2023-12-27.jpg)
पौडेल कालिका भगवतीको मूलगेटबाट पैदल हिँडेर मन्दिर दर्शन गर्न पुगेका हुन्। पौडेलले बुधबार नै बागलुङ नगरपालिका- ४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको अवलोकन गरेर बागलुङ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। पौडेल दिउँसो १ बजे महोत्सवको उद्घाटन स्थल धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा पुग्ने कार्यक्रम छ।
.jpg'_'.2023-12-27.jpg)
.jpg'_'.2023-12-27.jpg)
.jpg'_'.2023-12-27.jpg)
.jpg'_'.2023-12-27.jpg)
तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका