डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

नेपाल सुपर लिग २०२३

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । 

अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार पोखरा थन्डर्सको सामना गर्नेछ । धनगढी भने पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । 

दशरथ रंगशालामा आज भएको एलिमिनेटर खेलमा ललितपुरले काठमाडौं रेजर्सलाई ३–० ले माथ दियो । इमोह इजिकिएलले दुई र पापा केबेले एक गोल गरेपछि ललितपुरसामु काठमाडौं रेजर्स निकै कमजोर बन्न पुग्यो । अन्तिम १६मिनेट भने काठमाडौं १० खेलाडीमा सीमित बन्यो । 

सुझावित समाचार