प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको छैटौँ दिनको पहिलो खेलमा युपी ११ ले वन्डर क्लब नोयडालाई एक सय १५ रनकाे लक्ष्य दिएको छ।
नारायणी रंगशालामा जारी खेलमा युपी ११ ले २० ओभरमा नाै विकेटको क्षतिमा एक सय १४ रन बनाएको हो। खेलमा युपी ११ का समीर अन्सारीले १८ बलमा १४ रन बनाए। यस्तै जयदीप सिंहले ३२ बलमा २३ रन र अत्शमाश आलमले १४ बलमा १६ रन जोडे।
नोयडाका बलर सञ्जीव चतुर्वेदीले चार ओभरमा १२ रन खर्चिएर दुई विकेट पाए भने शशांक शेखरले चार ओभरमा ११ रन दिँदै दुई विकेट लिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।
आजै दिउँसो १ बजे हुने दोस्रो खेलमा पर्सा ११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।