प्रधानमन्त्री कप क्रिकेट : कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट

आइतबार, ८ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रनको योगफल बनाएको हो। 

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बल खेल्दै नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन्।

त्यस्तै, अप्सरी बेगमले ३९ रन बनाइन्। उनले ४१ बलमा सात चौकाको मद्दतमा ३९ रन बनाएकी हुन्। शवनम राईले अविजित १६ रन जोडिन्। उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन्। 

त्यसैगरी, लकिता राजवंशीले ६ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन्। बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पूजा महतो र सरस्वती चौधरीले एक–एक विकेट झारे। मधेश प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ। 

सुझावित समाचार