कांग्रेस मधेश प्रचार विभाग प्रमुख गुप्ता सम्मानित

शनिबार, ७ पुष, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेस मधेश प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेको छ।

प्रदेश सम्मेलनको उत्कृष्ट प्रचारप्रसार गरेकोमा प्रदेश सभापति कृष्णप्रसाद यादवले गुप्तालाई सम्मान गरेका हुन्।

सम्मेलनको बन्दसत्रमा गुप्ताको कामको सबै नेताहरूले प्रशंसा गरेका थिए। शारीरिक अपांगता भए पनि पार्टीको लागि गुप्ता अहोरात्र खट्ने गरेको नेताहरूको भनाइ छ।

गुप्ताको नेतृत्वमा कांग्रेस मधेश प्रदेशले प्रदेश सम्मेलनको प्रचारप्रसार मैथली, भोजपुरी, नेपाली र बाजिका गरी चार भाषामा गरेको थियो।

सुझावित समाचार