०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यक तोक्ने सरकारको निर्णय

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

सरकारले राष्ट्रिय जनगणना, २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ (ख)को प्रयोजनका लागि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

यसैगरी, सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०, अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०७९ र राष्ट्रिय बालबालिका नीति, २०७९ समेत मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ।

सुझावित समाचार