प्रतिक्विन्टल २५ रुपैयाँ बढाएर सरकारले तोक्यो उखुको समर्थन मूल्य

बुधबार, ४ पुष, २०८०
डिजिटल संस्करण

सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मूल्य तोकिकेको हो।

सरकारले अघिल्लो वर्ष ०७९/८० मा प्रतिक्लिन्टल अनुदानसहित ६ सय १० रुपैयाँ तोकेको थियो। प्रतिक्विन्टल पाँच सय २० रुपैयाँ निर्धारण गरिएकोमा सरकारले अनुदानस्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ थपेको थियो।

आर्थिक वर्ष ०७८/७९ को भन्दा २० रुपैयाँ बढाएर गत वर्ष समर्थन मूल्य तोकिएको थियो। यस वर्ष २५ रुपैयाँ प्रतिक्विन्टल बढाएर समर्थन मूल्य तोकेको हो।

सुझावित समाचार