कमिन्सलाई उछिन्दै मिचेल स्टार्क बने आइपिएलकाे महँगा खेलाडी

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
कमिन्सलाई उछिन्दै मिचेल स्टार्क बने आइपिएलकाे महँगा खेलाडी

तस्बिर : क्रिकेट अष्ट्रेलिया

इन्डियन प्रिमियर कप (आइपिएल)को अक्सनमा मंगलबार बनेको रेकर्डलाई अस्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले आजै तोडेका छन्।

अस्ट्रेलियाली क्रिकेट टिमका क्याप्टेन प्याट कमिन्सले आइपिएलको सर्वाधिक महँगो खेलाडीको रेकर्ड बनाएको केही घन्टामै स्टार्कले यो रेकर्ड तोडेका हुन्।

कलकत्ता नाइट राइडर्सले स्टार्कलाई २५ करोड ७५ लाख भारुमा खरिद गरेको हो। कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको थियो।

२०२४ को आइपिएल अक्सनमा भारतबाट सर्वाधिक आठ सय ३० र विदेशी तीन सय ३६ खेलाडीले नाम दर्ता गराएका छन्।

सुझावित समाचार