आइपिएल अक्सन : अष्ट्रेलियन क्याप्टेन कमिन्स साढे २० करोडमा बिक्री

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण
आइपिएल अक्सन : अष्ट्रेलियन क्याप्टेन कमिन्स साढे २० करोडमा बिक्री

तस्बिर : गेटी इमेजेज

अष्ट्रेलियन क्रिकेटर प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका छन्।

दुबईमा जारी अक्सनमा सनराइजर्स हैदराबादले उनलाई २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। कमिन्स अष्ट्रेलियन क्रिकेट टिमका क्याप्टेन हुन्।

यसअघि यो रेकर्ड इंल्याण्डका साम करेनको नाममा थियो। सन् २०२३ को आइपिएल अक्सनमा उनलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा खरिद गरेको थियो।

यसैगरी, न्यूजिल्याण्डका डेरिल मिसेललाई चेन्नाइ सुपर किंग्सले १४ करोडमा खरिद गरेको छ।

२०२४ को आइपिएल अक्सनमा भारतबाट सर्वाधिक आठ सय ३० र विदेशी तीन सय ३६ खेलाडीको नाम दर्ता गराएका थिए। याे समाचार तयार पार्दासम्म अक्सन जारी छ।

सुझावित समाचार