सफलताबारे थोमस एडिसनका ६ सुझाव

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

अमेरिकी आविष्कारक तथा व्यवसायी थोमस एल्बा एडिसन (जन्मः सन् १८४७, निधनः सन् १९३१) बिजुलीबत्ती, फोनोग्राफ, मोसन पिक्चर क्यामेरा (मुभी क्यामेरा)लगायतको आविष्कारका लागि चिनिन्छन् ।

युवाहरूले असफलताबाट हार मान्न नहुने उनको बुझाइ थियो । ‘मैले बिजुलीबत्तीको आविष्कार गर्नुअघि १० हजारवटा काम नगर्ने बाटो भेट्टाएँ, तर असफल कहिल्यै भइनँ । निरन्तरको प्रतिबद्धता र असंख्य प्रयासको नतिजा सफलता हो,’ उनी भन्थे । 

सफलताबारे उनका केही विश्वप्रसिद्ध भनाइ यस्ता छन् :
- हाम्रो ठूलो कमजोरी आत्मसमर्पण गर्नुमा छ । सफल हुनका लागि सधैँ एकपटक थप प्रयास गर्नुपर्छ । 
- कडा मिहिनेतको कुनै विकल्प छैन । एक प्रतिशत प्रेरणा र ९९ प्रतिशत पसिनाले मानिस जिनियस बन्छ । 
- कुनै पनि योजनाको मूल्य यसको प्रयोगमा निर्भर रहन्छ । 
- मलाई कोही सन्तुष्ट मानिस देखाइदिनुस् र म तपाईंलाई असफलता देखाउँछु । 
- तपाईंसँग के छ भन्ने होइन, तपाईं को हो भन्नेले तपाईंको मूल्य निर्धारण गर्छ । 
- मैले कुनै पनि काम भवितव्यले गरिनँ । मेरा कुनै पनि आविष्कार संयोगले आएका होइनन्, ती मेरो मिहिनेतले आएका हुन् । 

सुझावित समाचार